काठमाडौं । विहान ११ वजेका लागि बोलाइएको प्रतिनिधिसभाको वैठक २ वजेका लागि सरेको छ ।
अवरुद्ध बैठक सुचारु गर्नेगरी सत्तारुढ र प्रतिपक्षी दल आन्तरिक छलफलमा जुटे पछि वैठक सारिएको संसद सचिवालयले जनाएको छ ।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ ।
समिति बनाउन दलहरू तयार भएपनि टीओआर ९कार्यादेश० कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा विवाद बढेको छ । जसले गर्दा हिजो संसदमा कांग्रेस र एमालेबीच ठेलमठेल भएको थियो ।




















