काठमाडौं । विहान ११ वजेका लागि बोलाइएको प्रतिनिधिसभाको वैठक अझै बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले वैठक वस्न केही समय ढिलो गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ ।
समिति बनाउन दलहरू तयार भएपनि टीओआर (कार्यादेश) कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा विवाद बढेको छ । जसले गर्दा हिजो संसदमा कांग्रेस र एमालेबीच ठेलमठेल भएको थियो ।




















