काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेबीच छलफल भइरहेको छ ।
नेताबीचको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीतिलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
संसद वैठक ११ बजेका लागि बोलाइएको छ । तर नेताहरू बैठक र संवादमा भइरहेकाले संसद वैठक कतिखेर, कसरी सुरू हुन्छ भन्ने निश्चित छैन ।




















