काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक जेठ १ गते बस्ने नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक भोली बिहान ८ बजे र दलको बैठक ९ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकार समग्र सहकारी ठगीबारे समिति बनाउन सकिने तर एउटा व्यक्ति केन्द्रित समिति बनाएर अन्य ठगीलाई वेवास्ता गर्ने पक्षमा नरहेको बताउँदै आएको छ । जसले गर्दा संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । अब संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि कांग्रेसले वैठक बोलाएको हो ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । कांग्रेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन्छ कि दिँदैन, अथवा त्यस अघि नै कांग्रेससँग सहमति हुन्छ, त्यो अन्यौलकै विषय भएको छ ।




















