काठमाडौं । नेपाली कांग्रेसले रवि लामिछानलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा होइन, रास्वपाको सभापतिको हैसियतमा संसदमा आफ्नो भनाइ राख्न दिने भएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए ।
संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने छन् ।