काठमाडौं । महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो ।
नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो ।
उक्त सम्मेलनमा वृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरमले जनाएको छ। कृषि विकासमा महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने कुरा घोषणापत्रमा समेटिएको छ ।
साथै, महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरण गर्ने सँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने लगायतका विषय घोषणापत्रमा समेटिएको फोरमले जनाएको छ ।