काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न आग्रह गरेको छ ।
महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको रकम समयमै चुक्ता नगर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न आग्रह गरेको छ ।
सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न आनाकानी गरिरहेको गुनासो आएको विभागले जनाएको छ । ऋण मिनाहा नहुने स्पष्ट पार्दै महानगरले समयमै तिरेर कानूनी कारवाहीबाट वच्न आग्रह गरेको छ ।