काठमाडौं । शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ । बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि पुनः स्थगित भएको थियो । यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो ।
सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।
सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको हो । यसलाई नयाँ सत्ता गठवन्धनलाई सेयरबजारले हरियो बत्ति बालेको रुपमा सामाजिक सञ्जालमा चर्चा चलेको छ ।