जाजरकोट । भूकम्प पीडितले राहत नपाएको भन्दै भेरी नगरपालिका- ४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । समयमा राहत वितरण नगरेको र वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्र राताराता राहत दिएको भन्दै तालबन्दी गरिएको स्थानीयले बताएका छन् ।
सोमबार बिहान राहत वितरण गर्ने तयारी भएपनि तालाबन्दीका कारण राहत वितरण हुन सकेको छैन । वडा कार्यालय अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । अत्यावश्यक भएकालाई राती नै वितरण गरिएको र तथ्यांक संकलनमा ढिलाइ भएकोले राहत वितरणमा ढिलाइ भएको वडाध्यक्ष वसन्तप्रसाद शर्माले बताए । उनले राहत वितरणमा पक्षपात नभएको दाबी गरे ।
उनले वडाबासी सबै आफ्ना मान्छे भएको बताए । उनले कम जोखिममा रहेकालाई राहत बाँड्ने कार्यक्रम भए पनि तालाबन्दी गरेर अवरोध भएको बताए ।