कठमाडौं । राष्ट्रिय सभा बैठकमा आफ्ना मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य मन्त्री मोहन बस्नेतले मुलुक भरका अस्पतालमा विपन्न नागरिकलाई सहज रुपमा उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । सीमित बजेटका बाबजुत पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै उपचारका लागि विदेश जानु पर्ने अवस्थालाई अन्त्य गर्दै लैजाने उनले बताएका छन् ।
उनले आधारभूत स्वास्थ्य सेवाको सहज पहुचका लागि सरकार तत्पर रहेको भन्दै यस क्षेत्रमा भएका बेचिथिहरुलाई अन्त्य गर्न सदनको मद्दत आवश्यक रहेको बताएका छन् ।



















