काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।
प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधवार बिहान ८ः३३ बजे निधन भएको हो । आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको बताइन् ।
मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।




















