काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘बाइपास’ गरेर जिल्ला सभापतिहरूको भेला डाकेको भन्दै महामन्त्रीद्वयमाथि प्रश्न उठेको छ ।
पार्टी कार्यालय सानेपामा भइरहेको बैठकमा स्याङ्जाका सभापति राजु थापाले सभापति देउवाको अनुपस्थितिलाई लिएर प्रश्न गरेका छन् ।
जवाफमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको जानकारी बेगर यस्तो कार्यक्रम गर्न सम्भव नहुने बताए । उनले जानकारी दिएरै भेला बोलाएको स्पष्ट पारे ।
सभापतिसँग कतिपय कुरामा फरक मत भए पनि भेला होटलमा नभई पार्टी कार्यालयमै आयोजना भएको उनको भनाई थियो । महामन्त्री शर्माले जिल्ला सभापतिहरूले कुन काम कसरी लिएर कार्यकर्तामा जाने भन्ने विषयमा साझा ढंगको प्रतिबद्धता ल्याउन लागेको बताए ।




















