काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ती गर्नेका विरुद्ध भएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले मुलुकको परिवर्तनविरुद्ध सल्बलाई रहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रित हुने बताएका हुन् ।
नेपालले मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरूलाई सँगसँगै लिएर अघि बढ्ने बताए। समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने बताए। समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको नेपालको भनाइ छ ।



















