काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडालगायतका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरुले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सचेतक बर्तौलाले किसानहरुलाई आफ्ना अनाजहरुको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
सचेतक बर्तौलाले मूल्य नपाएर किसानहरुले आफ्नो उत्पादन सडकमा फ्याँक्नुपर्ने अवस्था आउन नदिने गरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताए ।

























