काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन् । उनले बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबण्डा गरेको बताए ।
सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाई छ । अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताए । उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरुको निरिहता भएको बताए ।
उनले बजेट योजना र दृष्टिबिहीन भएको बताए ।




















