काठमाडौं । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग छलफल सुरु भएको छ ।
बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश कार्कीले समितिका सदस्यहरु समक्ष आफ्ना योजनाहरु प्रस्तुत गरेका छन् ।
समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई बिहीबार समितिमा बोलाएको हो । समितिका सदस्यहरुले उनीविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ ।
कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले बिहीबार नै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ । त्यसपछि राष्ट्रपतिबाट उनी प्रधानन्यायाधीश नियुक्त हुने छन् ।