काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहीबार देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने प्रक्षेपण विभागको छ । कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, वागमती र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।