काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा बिहीबार संयुक्त राष्ट्रको सहयोग लिबियामा मिशनमा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्नको लागि स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जना शान्ति सैनिकहरुको अन्तिम टोली प्रस्थान गरेको छ ।
सेनानी रामेश्वर कार्कीको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको नेपलाी सेनाले जनाएको छ । प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा खटिएको उक्त युनिटका ११५ जना सकलदर्जाहरु यस अगावै मिशन ईलाका पुगिसकेका छन् ।
यस्तै, उक्त मिशनमा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरु सेनानी अनन्त बहादुर सिंहको नेतृत्वमा आज स्वदेश फिर्ता हुने कार्यक्रम रहेको बताइएको छ ।




















