सिन्धुपाल्चोक । नेपालको उत्तरी नाका तातोपानी आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरूप दुईतर्फी आयात निर्यात सुरु भएको हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएका छन् ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको हो ।
























