काठमाडौं । सरकारसँगको वार्ता भंग भएसँगै मिटरब्याज पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् ।
आफ्ना माग पूरा गर्नका लागि दवाव दिन भन्दै आगामी वैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरूले जनाएका छन्।
यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो। वार्ता भंग भएपछि उनीहरू काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ।
मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन्। चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरुको काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

























