सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।
शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत पाएका हुन् । उनलाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका छन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ । उनलाई विश्वास छैन भन्ने पक्षमा १ मत मात्रै परेको छ ।
शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत दिएका हुन् ।
मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त पाएका थिए । राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदले उनलाई आज विश्वासको मत दिएका थिए ।