काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
उनीहरूबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् ।
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ ।
एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ । राष्ट्रपति उम्मेदवारलाई लिएर माओवादीभित्र दुईधार देखिएको छ । एक पक्षले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने भन्दै एमालेको विकल्पको पात्र रोज्नुपर्ने बताएको छ भने अर्को पक्षले पूर्वसहमति अनुसार एमालेको उम्मेदवारलाई सघाउनु पर्ने बताएको छ ।