काठमाडौँ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बसेको बताइएको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो । जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन् ।
आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सत्ता वठवन्धनमा एकमत भइसकेको छैन ।



















