काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति सत्ता साझेदार दलहरूको सहमतिबाट चुनिने बताएका छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले दलहरूकै सहमतिबाट राष्ट्रपति चुनिने बताएका हुन् ।
अबको राष्ट्रपति को बन्छ ? भन्ने प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘हामीले जो भन्छौं, त्यही बन्छ ।’ अध्यक्ष ओलीले सुदूरपश्चिम सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भन्ने प्रश्नको जवाफमा,’ अब हेर्दै जाऔं ।’
उनले राष्ट्रपतिको सम्बोधन राम्रो भएको बताए ।
त्यससँगै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि संसदबाट निस्केर एमाले अध्यक्षसँगै ओलीकै गाढीमा ओली निवास बालकोटतिर गएका थिए । ओली निवासमा बालकोटमा दुई नेताबीच संवाद हुने संकेत लोसपा स्रोतले दिएको छ ।




















