काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।
सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।