काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।
बिहान ११ लागि बोलाइएको बैठक अपराह्न ४ बजे बसेको थियो । उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो ।
समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । अध्यक्ष प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् ।
बिहीबारै बसेको रास्वपाको बैठकले दुई दिनपछि सरकारमा सहभागी हुने या नहुनेबारे ठोस निर्णय लिने निष्कर्ष निकालेको छ ।




















