काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्ने गरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।
रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।
सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका थिए, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ । यसै सेरोफेरोमा सो दलले बैठक बोलाएको छ ।




















