काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन् । बिहीबार संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन् ।
संसदलाई व्यवस्थित गर्न संविधानसम्वत निर्माण भएका ऐेन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उनको भनाइ छ । सभामुख घिमिरेले भने,’जनउत्तरदायी भएर हामीले के कति काम गरिरहेका छौं। नागरिकसँग गरेका वाचाप्रति गम्भीर छौं कि छैनौं । जनताले हाम्रा अभिव्यक्ति,गतिविधि र प्रयत्नहरूबाट हेरिरहेका छन् । यी विषयमा गम्भीर हुन जरूरी छ ।




















