काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिएका हुन् ।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारेका छन् । मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए ।
मन्त्री किरातीले संसदलाई विजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरुलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए ।




















