काठमाडौं । आगामी कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको जनाएको छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।




















