काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि खसीबोका बिक्री सुरु गरेको छ ।
कम्पनीले यस बर्ष खसि बोका र च्याङ्ग्रा गरि २५ सय गोटा बिक्रि गर्ने लक्ष्य लिइएको जनाएको छ । कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ५० तोकेको छ ।
कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका बजार भन्दा सस्तोमा बिक्रि बितरण भइसकेको जानकारी दिएका छन् । उनले खसी, बोकाको अभाव हुन नदिने र उपभोक्ताको माग अनुसार थप भित्र्याईने बताए । कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको उनले बताए । कम्पनीबाट बिक्रि हुने खसीबोकाको स्वास्थ जाँच गरिएको उनको भनाई छ ।
नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।
काठमाडौंमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसीबोका दैनिकजसो काट्ने गरिन्छ ।