काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तव्यहरुको टिकट मोबाइल एप वा वेबसाइटमार्फत खरिद गर्दा ३०० देखि १००० रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ ।
यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशीको क्यासब्याक भएको एअरलाइन्सले दाबी गरेको छ ।
भदौ १८ देखि ३० गतेभित्र मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गर्दा यात्रुहरुलाई अब टिकट सस्तो पर्नेछ ।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘हवाई ईन्धनमा भएको मूल्य वृद्धि तथा विमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो क्यासब्याक अफरले केहि मात्रामा भएपनि राहत दिनेछ ।’
यो अफरको प्रभावकारिताका आधारमा भदौ ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने बर्तौलाले जानकारी दिए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सले जनाएको छ ।
यस अफरअन्तर्गत, फ्लाइट बुकिङ्गमा १००० रुपैयाँसम्मको रकम डिस्काउन्ट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङ्गकर्ताको वालेटमा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।
क्यासब्याक पाउन के गर्नुपर्छ ?
तत्काल डिस्काउण्ट र क्यासब्याक प्राप्त गर्न यात्रुहरूले यसरी टिकट खरिद गर्नुपर्नेछः
- यती एअरलाइन्सको एप (http://hp3t7.app.link/kdFfFiKmGib) डाउनलोड गरी रजिष्ट्रर गर्नुहोस् वा https://www.yetiairlines.com/ मा जानुहोस् ।
- आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह छनौट गरी फ्लाइट Search गर्नुहोस् ।
- आफूलाई उपयुक्त हुने समयको फ्लाइट छनोट गरेर Next मा ट्याप गर्नुहोस् ।
- आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र शर्त तथा नियमहरु Agree गरी Continue मा ट्याप गर्नुहोस् र आफ्नो विवरण पुनः जाँच गरी यदि ठीक छ भने Proceed मा थिच्नुहोस् ।
- रकम भुक्तानीका लागी ई–सेवा, खल्ती, आइएमई पे मध्ये जुनसुकै गेट–वे छनौट गरी भुक्तानी गर्नुहोस् ।
- टिकट बुक हुनासाथ प्रयोगकर्ताले तुरुन्तै डिस्काउन्टका साथमा क्यासब्याक पनि पाउनुहोस् र सुखद यात्रा गर्नुहोस् ।