काठमाडौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका संस्थापक अध्यक्ष तथा पोलिटब्युरो सदस्य विक्रमबहादुर शाहीले पार्टी परित्याग गरेका छन् ।
उनले पार्टी स्थापना भएको दिनको अवसर पारेर आज सामाजिक सञ्जालमार्फत नेकपा एसमा नरने स्पष्ट पारेका छन् । शाहीले आजदेखि दलको कुनै पनि सदस्य नरहेको जनाएका छन् ।
२०५४ सालमा वामदेव गौतमले एमाले विभाजन गरेको सन्दर्भ उल्लेख गर्दै माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरेर कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई फाइदा पुर्याएको शाहीको आरोप छ । आफूले त्यो योजनामा सहयोग पुर्याएका पछुतो र आत्मग्लानी भएको बताएका छन् ।
स्थानीय तहको निर्वाचन भन्दा अघिबाटै रुष्ट रहेको शाही पार्टी काममा निष्क्रिय भएपछि सचिवालय बैठकले मध्यअसारमा शाहीलाई हटाएर उपाध्यक्ष हर्कबहादुर सिंहलाई अध्यक्षमा जिम्मेवारी दिएको थियो ।