काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको दुईदिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो ।
लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् । यसअघि परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि लुको भेट भएको थियो ।

























