काठमाडौँ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई पठाएको बताएका छन् ।
९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिएका हुन् । सरकारले गत असार ६ गते एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो ।
शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’
उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

























