काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले यो देश गठबन्धनको मात्र हो भनेर प्रश्न गरेका छन् ।
बुधबार दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने,’बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।’
एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनले आरोप लगाए । उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गरे ।
देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको बताएका छन् । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्यको पक्षमा लेखिदिन आग्रह गरे ।
पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्नेमा उनले जोड दिए ।

























