काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता बिधेयक ल्याएको बताएका छन् ।
बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन बर्ष रोकेर राखेको उक्त बिधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताए ।
पहिले समितिमा नागरिकता बिधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ बिधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाई छ । त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउनेमा केन्द्रीत रहेको तर्क गरेका छन् । गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बदनाम भएको धारणा राखेका छन् ।
अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको बिकास र सुशासनमा केन्द्रीत रहेको बताएका छन् ।
























