काठमाडौं । ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरुमाथि आज सुनुवाइ हुँदैछ ।
केपी ओली प्रधानमन्त्री रहेको बेलामा भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ ।
























