काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ ।
तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु । सांसदहरुलाई मास्क लगाउन आग्रह गर्दै गर्दा सभामुख आफैंले भने मास्क लगाएका थिएनन् । संसद बैठक सुरु हुनुभन्दा अगाडि भने उनले मास्क लगाएका थिए । राष्ट्रिय गान बजिसकेपछि भने उनले मास्क खोलेर बैठक सन्चालन गरेका थिए ।




















