काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गर्नुभएको हो ।
त्यस्तै, भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उहाँहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।




















