काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक आज बस्ने भएको छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको एक नेताले बताएका छन् ।
काठमाडौंको बालुवाटारस्थित डा। कोइरालाको सम्पर्क कार्यालयमा बस्ने वैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, विधान मिचेको लगायतका विषयमा कसरी प्रस्तुत हुने भन्ने छलफल हुने बताइएको छ ।























