बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बर मतको अग्रता बनाएको छ ।
पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् भने नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत पाएकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९) मा वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ । यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ । बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो ।