काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आबेको हत्याको भत्र्सना समेत गरे ।
अध्यक्ष ओलीले भनेका छन्- ‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु, आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।’
जापनका पूर्व प्रधानमन्त्री आबेको आज निधन भएको हो । शुक्रबार बिहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएकोमा अस्पतालले स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा ग-यो ।




















