काठमाडौं । एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
अहिले जारी सो बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् ।
चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायतको उपस्थिति रहेको छ । महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ ।
























