काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा भाषण गरिरहेको बेला आबेमाथि पछाडिबाट गोली प्रहार भएको समाचारमा जनाइएको छ ।
समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । आबे वेहोस अवस्थामा रहेको बताइएको छ ।
नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएका उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो ।
६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका नेता हुन् । आबे सन् २००६–०७ मा जापानका प्रधानमन्त्री थिए । शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोगका कारण २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । शिन्जो आबे लगातार ७ वर्ष ६ महिना प्रधानमन्त्री थिए । यसअघि यो कीर्तिमान उनकै काका इसाकु साइतोको नाममा थियो ।























