काठमाडौँ । आजको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने भएका छन् ।
त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ । लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया गर्दै आज लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया गर्दैछ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको आतिथ्यतामा अन्तरक्रिया हुन लागेको जनाइएको छ ।




















