काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक भोलि ११ बजे बस्ने गरी सारिएको माओवादी केन्द्रले जनाएको छ ।
तर, बुधबार संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले राखेका जिज्ञासाको पार्टी अध्यक्षले जवाफ दिने कार्यतालिका थियो ।




















