काठमाडौं । प्रतिनिधिसभाको बैठक रोकेर सभामुख अग्नि सापकोटा र सबै दलका प्रतिनिधिहरुबीच छलफल भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गरेपछि अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन तयार भएको छ ।
यता अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् । तर एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । सभामुख र दलका प्रतिनिधिहरुबीचको छलफलमा सहभागी एक सांसदका अनुसार एमाले सहमत भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनेतिर कदम अगाडि बढाउने बताइएको छ ।




















