काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको हो ।
बैठकमा सहभागी एक मन्त्रीले भने, ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । संशोधित विधेयक बुधबार पेश हुन्छ।’

























