काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनु स्वभाविक भएको बताएका छन् । नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व। गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले पार्टीमा समस्या त समस्या हुन्छ, छ, गठवन्धनमा समस्या हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने दावी गरे ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेपछि देउवाले सो विचार व्यक्त गरेका हुन ।
देउवाले नेपाली राजनीतिमा स्व. कोइरालाको भूमिकाको वर्णन गरेका छन् ।
























